तीन सयले बढ्यो सुनको मूल्य, चाँदीमा ३५ रुपैयाँ बढोत्तरी

तीन सयले बढ्यो सुनको मूल्य, चाँदीमा ३५ रुपैयाँ बढोत्तरी

काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

बुधबारको तुलनमा बिहीबार सुन तोलामा तीन सय रुपैयाँले बढ्दा चाँदी तोलाको ३५ रुपैयाँ उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भइहरको छ।

हिजो सुनको मूल्य तोलाको एक लाख ७० हजार चार सय रुपैयाँ थियो।

त्यसैगरी हिजो एक हजार नौ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदी आज एक हजार नौ सय ८५ रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ।

फागुन २२, २०८१ बिहीबार १०:५३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।