कुमारी बैंक लिमिटेड र क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र बिच सम्झौता

काठमाडौं : कुमारी बैंक र क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्रबीच छुट सम्झौता भएको छ।
सम्झौतासँगै कुमारी बैंकका ग्राहकले सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट पाउने भएका छन्।
आन्तरिक ल्याब टेष्टमा २० प्रतिशत र बाह्य ल्याब टेष्टमा १० प्रतिशतसम्म छुट पाउने गरी सम्झौता गरिएको कुमारी बैंकले जनाएको छ।
२३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवामा सक्रिय कुमारी बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाइबाट सेवा दिइरहेको छ।
फागुन २२, २०८१ बिहीबार १०:३०:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।