भारतमा प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीलाई २०० रुपैयाँ जरिवाना

भारतमा प्रमुख प्रतिपक्षी दलका नेता राहुल गान्धीलाई २०० रुपैयाँ जरिवाना

एजेन्सी : उत्तर प्रदेशको लखनऊ अदालतले कंग्रेस आईका नेता तथा संघीय संसदको प्रमुख प्रतिपक्षी दलको नेता राहुल गान्धीलाई दुई सय रुपैयाँ जरिवाना गर्दै अप्रिल १४, २०२५ मा उपस्थित हुन आदेश दिएको छ।

राहुलमाथि डिसेम्बर २०२२ मा महाराष्ट्रको अकोलामा सावरकर विरुद्ध विवादास्पद बयान दिएको आरोप छ। यसबारे जुन २०२४ मा लखनऊको विधानसभा अदालतमा उजुरी दायर गरिएको थियो।

राहुल नियमित रूपमा सुनुवाइमा उपस्थित नभएपछि उनीविरुद्ध दुई सय रुपैयाँ जरिवना लगाएको हो। उजुरीमा राहुलले सावरकरलाई ‘ब्रिटिशहरूको सेवक’ र ‘पेन्सन लिने’ भनेका थिए।

अदालतले राहुल अर्को सुनुवाइमा पनि अनुपस्थित रहे गैर-जमानती वारेन्ट जारी गर्न सकिने चेतावनी दिएको छ। यद्यपि, यो पहिलो पटक हुन लागेको भने होइन।

गृहमन्त्री अमित शाहविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा झारखण्डको चाइबासा अदालतले गत वर्ष राहुल गान्धी विरुद्ध गैर-जमानती वारेन्ट जारी गरेको थियो। यस मुद्दामा उनलाई झारखण्ड उच्च अदालतले राहत दिएको थियो।

फागुन २२, २०८१ बिहीबार ०९:५४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।