अमेरिकाद्वारा युक्रेनलाई गुप्तचर जानकारी दिन बन्द

एजेन्सी : अमेरिकाले युक्रेनलाई गुप्तचर जानकारी दिन बन्द गरेको छ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले बुधबार यसको पुष्टि गर्दै आफूहरू युक्रेनसँगको सम्बन्धलाई लिएर एक कदम पछि हटेको बताएका हुन्।
ट्रम्प प्रशासनले युक्रेनसँगको सम्बन्धका सबै पक्षहरूमा विचार गरिरहेको उनले सञ्चारकर्मीलाई बताएका छन्।
यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अर्को हप्ता पेरिसमा युरोपेली सेना प्रमुखहरूको बैठकको घोषणा गर्दै फ्रान्स अमेरिकी सहयोगविना अघि बढ्नुपर्नेमा जोड दिए।
सन् २०२२ मा रुसको पूर्ण-स्तरीय आक्रमणको प्रारम्भिक चरणदेखि नै अमेरिकाले युक्रेनसँग गुप्तचर जानकारी दिँदै आएको थियो।
फागुन २२, २०८१ बिहीबार ०९:२९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।