एकल महिलाका छोरीलाई १० हजार नगद सहयोग

एकल महिलाका छोरीलाई १० हजार नगद सहयोग

गोदावरी : कैलालीको गोदावरी नगरपालिकास्थित दुई विद्यालयमा अध्ययनरत एकल महिलाका छोरीलाई नगदसहित शैक्षिक सामग्री वितरण गरिएको छ।

मानव अधिकारका लागि एकल महिला नामको गैरसरकारी संस्थाले यहाँस्थित नवज्योति र दुर्गा भवानी माध्यमिक विद्यालयमा अध्ययनरत ४० जना छात्रालाई सहयोग गरेको हो।

संस्थाका अध्यक्ष सुमन शर्माका अनुसार एकल महिलाका छोरीलाई नगद १० हजार रुपैयाँ, शैक्षिक सामग्री बोक्ने झोला र शारीरिक गतिविधि एवं खेलकुदमा भाग लिँदा लगाउने पोशाक प्रदान गरिएको हो।

संस्थाले भविष्यमा पनि यस्तो सहयोगलाई निरन्तरता दिने जनाएको छ।

फागुन २२, २०८१ बिहीबार ०९:१४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।