प्रतिनिधि सभाको बैठक बस्दै, एउटा मात्र सम्भावित कार्यसूची

काठमाडौं : प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा आज एउटा मात्र सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसैगरी आजको बैठकमा पनि आकस्मिक, शून्य र विशेष समय रहने नै छ। संसदको उक्त समयमा उठेको प्रश्नको जवाफ दिने कार्यसूची समेत संसद्को पाक्षिक कार्यक्रममा समावेश छ।
फागुन २२, २०८१ बिहीबार ०९:०२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।