इजरायली बन्धककाे रिहाइको विषयमा हमासलाई ट्रम्पको ‘अन्तिम चेतावनी’

इजरायली बन्धककाे रिहाइको विषयमा हमासलाई ट्रम्पको ‘अन्तिम चेतावनी’

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूको रिहाइको विषयमा हमासलाई ‘अन्तिम चेतावनी’ दिएका छन्।

सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले लेखेका छन्, ‘म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु। यदि हमासले मेरो कुरा मानेनन् भने, उनीहरूका एक जना पनि सदस्य सुरक्षित हुने छैनन्।’

ह्वाइट हाउसले बन्धक मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि यो खबर आएको हो।

आफ्नो सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले बन्धकहरूलाई रिहा गरिएन भने इजरायलले ठूलो मूल्य चुकाउनुपर्ने चुनौती दिएका छन्। यद्यपि उनले इजरायललाई कस्तो प्रकारको सहयोग पठाउँदैछन् भनेर स्पष्ट पारेनन्।

उनले आफ्नो पोस्टमा भनेका छन्, ‘सबै बन्धकहरूलाई अहिले नै रिहा गर, पछि होइन र तिमीले मारेकाहरूको शव तुरुन्तै फिर्ता गर, नत्र सबै कुरा सकियो। यो अन्तिम चेतावनी हो।’

उनले सर्वसाधारणलाई धम्की दिँदै उनले गाजालाई बन्धक बनाउने जोकोहीलाई समाप्त पार्ने चेतावनी दिए।

ट्रम्पको यो पोस्ट ह्वाइट हाउसमा हालै युद्धविराम अन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेपछि आएको हो

फागुन २२, २०८१ बिहीबार ०७:२८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।