स्वास्थ्य सचिवमा देवकोटा नियुक्त

स्वास्थ्य सचिवमा देवकोटा नियुक्त

काठमाडौँ : मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयको सचिवमा विकास देवकोटालाई नियुक्त गरेको छ। बुधवारको बैठकले स्वास्थ्य सेवा विभागका महानिर्देशक रहेका देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

सचिवमा देवकोटासँगै सङ्गीता मिश्रा र टंक बाराकोटी प्रतिस्पर्धामा थिए। यी तीनै जना १२ औँ तहका हुन्। 

फागुन २१, २०८१ बुधबार २२:२९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।