अमेरिकाले युक्रेनलाई दिँदै आएको खुफिया सूचना स्थगित गर्यो

एजेन्सी : युक्रेन-अमेरिकाको सम्बन्धमा बढ्दो चिसोपनाको प्रभाव सुरक्षामा समेत सुरु भएको छ। उसले युक्रेनलाई उपलब्ध गराउँदै आएको खुफिया जानकारी समेत स्थगित गरेको छ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले अमेरिकाले युक्रेनसँगको खुफिया जानकारी आदान-प्रदानकोक्रम तत्कालका लागि स्थगित गरेको बताए।
वाल्ट्जले अमेरिका यस सम्बन्धका सबै पक्षहरूको पुनरावलोकन गरिरहेको बताएका छन्। उनले आफ्नो युक्रेनी समकक्षसँग टेलिफोनमार्फत कुरा गरेका थिए। यस क्रममा दुवै पक्षले अर्को वार्ताको स्थान र विषयवस्तुका बारेमा ‘राम्रो कुराकानी’ भएको दाबी गरिएको छ।
डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएदेखि नै अमेरिकी र युक्रेनको सम्बन्धमा तितोपना बढी रहेको छ। युक्रेनी राष्ट्रपतिको अमेरिका भ्रमणले यसमा तितोपना भर्न थप सघाएको छ।
फागुन २१, २०८१ बुधबार २०:०२:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।