लगातार तेस्रो दिन सेयर बजारमा 'करेक्सन', सूचकाङ्क २५ अङ्कले घट्यो

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचकाङ्क बुधवार लगातार तेस्रो दिन घटेको छ। बुधवार बजार २५.१६ अङ्कले घटेर २८२१.१३ विन्दुमा झरेर बजार बन्द भयो। नेपाल स्टक एक्सचेन्जका अनुसार, बुधवार कुल १० अर्ब ९७ करोडको कारोबार भयो।
बुधवार ६२ वटा सेयरको मूल्य बढेको थियो भने १७४ वटा सेयरको मूल्य घटेको थियो। आठ वटा सेयरहरू अघिल्लो मूल्यमा नै कारोबार भयो।
सबभन्दा धेरै उन्नति सहकार्य लघुवित्त (९.९५% वृद्धि), माउन्टेन हाइड्रो नेपाल (८.८२% वृद्धि) र गुराँस लघुवित्त (७.४२% वृद्धि) भएको थियो।
हिमालयन रिइन्स्योरेन्समा ९६ करोड र नेपाल पुनर्बीमामा ९० करोडको सेयर कारोबार भयो। त्यस्तै, सगरमाथा जलविद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र घलेम्दी हाइड्रोमा क्रमशः ३०, २९ र २७ करोडको कारोबार भएको थियो।
ट्रेडिङबाहेक सबै उपसूचकहरू रातो रङ्गमा देखिएका छन्। निरन्तर नेप्से घट्नुमा बजारको सामान्य सुधार (करेक्सन) को रूपमा हेरिएको छ।
फागुन २१, २०८१ बुधबार १५:५३:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।