नयाँ इलेक्ट्रिक गाडीका लागि सिजी मोटर्सको एक्सचेन्ज मेला सुरु

काठमाडौँ : सिजी मोटर्सले २० फाल्गुनदेखि २७ फाल्गुनसम्म सिजी एक्सचेन्ज मेला आयोजना गरेको छ। पुराना सवारी नयाँ इलेक्ट्रिक गाडीसँग साट्न चाहने ग्राहकहरू लक्षित गरेर मेला आयोजना गरेको आयोजकले जानकारी दिएको छ।
आयोजकका अनुसार एयोन, एक्स्पेङ, डायुन, र नेटा जस्ता प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डका गाडीहरू एक्सचेन्ज अफरमा राखिएको छ। थापाथलीस्थित शोरूमहरूमा एक्सचेन्ज मेला चलिरहेको कम्पनीले जानकारी दिएको छ।
ग्राहकहरूले एक्सचेन्ज मेलामा एक्सचेन्ज बोनस, आकर्षक छुट, निःशुल्क एक्सेसोरी र सजिलो फाइनान्सिङका विकल्प राखिएको कम्पनीले जानकारी दिएको छ। एक्सचेन्ज मेलामा ७ किलोवाटको चार्जर निःशुल्क, एक आर्थिक वर्षको निःशुल्क सवारी कर, र अटो प्लस बीमाको सुविधा रहेको छ।
फागुन २१, २०८१ बुधबार १५:०३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।