उदयपुर सिमेन्टका कामदारको अवकाशपछि मृत्यु भइसक्दा समेत भुक्तानी नदिएको भन्दै सरकारको विरोध

उदयपुर सिमेन्टका कामदारको अवकाशपछि मृत्यु भइसक्दा समेत भुक्तानी नदिएको भन्दै सरकारको विरोध

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले उदयपुर सिमेन्टमा ३५ वर्ष काम गरेका कामदारले अवकाश पाएको तीन वर्षसम्म पनि भुक्तानी नपाएको प्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद् झाले नेपालको श्रम ऐनको प्रावधान स्मरण गराउँदै उनीहरुलाई तत्काल रकम उपलब्ध गराउन माग गरे।

उनले भने, ‘नेपालको श्रम ऐनमा कसैले अवकाश प्राप्त गरेको १५ दिनभित्र भुक्तानी गर्नुपर्ने भनिएको छ। तर उदयपुर सिमेन्टको हकमा आजभन्दा तीन वर्ष पहिले नै अवकाश पाएका एक सय तीन जनाले अहिलेसम्म कुनै रकम पाएका छैनन्।’

त्यहाँ काम गरेकाहरुमध्ये तीन जनाको मृत्यु भइसकेको र एक जना मिर्गौला फेल भएर पनि उपचार गराउन पैसा नभएको अवस्थामा रहेकोबारे पनि उनलाई सदनलाई जानकारी गराएका छन्।

उनले प्रश्न गरेका छन्, ‘सरकार, यो १०३ जनाको ३५ वर्षको कामको मूल्याङ्कन कहिले हुन्छ?’

त्यस्तै उनले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको मूल्याङ्कनप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारले आफ्नो कार्यकर्ता भर्ती गर्न नपाएर विभिन्न बहानामा निष्कासन गर्ने परिपञ्च रचिरहेको आरोप समेत लगाए।

उनले थपे, ‘एउटा कुलमानलाई लेखेटे हामी हजारौं कुलमान लिएर आउनेछौँ।’

फागुन २१, २०८१ बुधबार १३:३७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।