यी हुन् अमेरिकाले नेपाल ल्याएर छोडेका आठ नेपाली

यी हुन् अमेरिकाले नेपाल ल्याएर छोडेका आठ नेपाली

काठमाडौं : अमेरिकाले बुधबार विहान काठमाडौं ल्याएर छोडेका आठ नेपालीलाई अध्यागमनले नेपाल प्रहरीको जिम्मा लगाएको छ।

अमेरिकाले डिपोर्ट गरेका सात पुरुष र एक महिलालाई अध्यागमन प्रक्रिया पूरा भएपछि नेपाल प्रहरीको जिम्मा लगाइएको अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।

प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग आवश्यक सोधपुछ गरेपछि मात्रै उनीहरूलाई आफन्तको जिम्मा लगाइनेछ।

डिपोर्ट हुनेहरूमा शुष्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोपबहादुर, कमल प्रकाश र तीर्थ बहादुर नामका छन्। उनीहरुको थप पहिचान खुलाइएको छैन।

बुधबार बिहान अमेरिकी जहाजमार्फत उनीहरू सबैलाई काठमाडौं ल्याइएको थियो।

फागुन २१, २०८१ बुधबार १२:५५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।