अमेरिकी संसदमा ट्रम्पले सम्बोधन गर्दा विपक्षी दलका सांसदलाई निकालियो

एजेन्सी : राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधनका क्रममा विपक्षी डेमोक्र्याटका सांसदलाई संसदबाट बाहिर निकालिएको छ।
ट्रम्पले आफ्नो चुनावी जितको प्रशंसा र डेमोक्र्याटहरूको आलोचना गरिरहेका बेला डेमोक्र्याट सदस्यहरूले हल्ला गर्न थालेपछि सभामुखले विपक्षी सांसदलाई बाहिर निकाल्न आदेश दिए।
आफ्नो भाषण सुरु गरेको केही समयपछि, ट्रम्प बीचमै रोकिनु पर्यो। सभामुखले ट्रम्पमाथि चिच्याइरहेका सिनेटर अल ग्रीनलाई बाहिर निकाल्न आदेश दिए। ग्रिनलाई बिस्तारै सदनबाट बाहिर निस्किरहेको देखियो। यसपछि ट्रम्पले आफ्नो भाषण जारी राखे।
ट्रम्पको भाषणका क्रममा रिपब्लिकन र डेमोक्र्याटहरू बीचको तनाव स्पष्ट रूपमा देखिन्थ्यो। प्रतिनिधि सभाका धेरै डेमोक्र्याटिक सदस्यहरूले आफ्नो टी-शर्ट र ब्लेजरमा ‘RESIST’ शब्द लेखेका थिए। उनीहरूले राष्ट्रपतिको सम्बोधन बहिष्कार गर्दै सदनबाट बाहिर निस्किए।
जनतामा सुरक्षाको भावना सिर्जना गर्न पहिलो दिनदेखि नै १०० कार्यकारी आदेश र ४०० भन्दा बढी प्रशासनिक निर्णयहरू लिइएको भाषण ट्रम्पले दिए। ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनलाई अमेरिकी राष्ट्रपतिहरूको इतिहासमा सबैभन्दा सफल दिन भनेर व्याख्या गरेका छन्।
उनले पदभार ग्रहण गरेपछि दक्षिणी सिमानामा आपतकाल घोषणा गरेको र एक महिना भित्रै अवैध सीमा पार गर्ने क्रम इतिहासकै सबैभन्दा कम भएको बताए। ट्रम्पले पाँचौं पटक कंग्रेसलाई सम्बोधन गर्दै डेमोक्र्याटिक सदस्यहरूलाई मिलेर काम गर्न अपील गरे।
फागुन २१, २०८१ बुधबार ०९:०४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।