ट्रम्पको ‘गाजा योजना’को सट्टामा अरब नेताहरूद्वारा ५३ अर्ब डलरको ‘अरब योजना’ अनुमोदन

एजेन्सी : अमेरिकी राष्ट्रपतिको ‘गाजा योजना’को विकल्पको रूपमा अरब नेताहरूले ५३ अर्ब डलरको छुट्टै ‘अरब योजना’ अनुमोदन गरेका छन्।
अमेरिकी राष्ट्रपतिले गाजाको पुनर्निर्माणका लागि गाजाको नियन्त्रण लिने र लगभग २० लाख प्यालेस्टिनीहरूलाई निष्कासन गर्ने योजना प्रस्तुत गरेका थिए।
ट्रम्पको यो योजनालाई पूर्ण रूपमा अस्वीकार गरेका अरब देशहरूले अहिले नयाँ योजना ल्याएका हुन्।
यद्यपि, अरब योजना घोषणा गर्दा अरब लिगका महासचिव अहमद अबुल घैतले स्वैच्छिक होस् वा जबरजस्ती, सबै प्रकारका विस्थापनलाई अस्वीकार गर्ने अरब अडान दोहोर्याए।
इजिप्टले हरियाली क्षेत्र र ठूला सार्वजनिक भवनहरू समावेश गरी ९१ पृष्ठको विस्तृत खाका पेश गरेको छ।
अमेरिकाले गाजालाई ‘मध्य पूर्वको रिभिएरा’ अर्थात् मध्य पूर्वको सबैभन्दा सुन्दर ठाउँ बनाउने कुरा गरेको थियो, जसले सम्पूर्ण अरब जगत र विश्वलाई चकित पारेको थियो।
संयुक्त राष्ट्रसंघको अनुमान अनुसार लगभग डेढ वर्षसम्म चलेको हमास-इजरायल युद्धमा गाजा पट्टीका ९० प्रतिशत घर, भवन र सार्वजनिक स्थानहरू ध्वस्त भएका छन्।
फागुन २१, २०८१ बुधबार ०८:२०:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।