‍ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसा बढाउने सहमतिसँगै व्यवसायीको आन्दोलन फिर्ता

‍ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसा बढाउने सहमतिसँगै व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं : सरकार र नेपाल एलपी ग्यास उद्योग सङ्घबीच पाँच बुँदे सहमति भएको छ।

बुधबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि ग्यासको भाउ १२ रूपैयाँ ७५ पैसा बढाउने सहमति भएपछि एलपी ग्यास उद्योगीले आन्दोलन फिर्ता लिएका छन्।

सहमतिको १ नम्बर बुँदामा भनिएको छ, ‘मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रूपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीलाई जानकारी गराइयो।’

तर, यो मूल्य उपभोक्ताको भान्सासम्म नपुग्ने निगमको दाबी छ। निगमले अहिले प्रति सिलिन्डर ३०० रुपैयाँ घाटामा ग्यास बेचिरहेकोमा निगमको घाटा ३१२ रुपैयाँ ७५ पैसा पुग्ने भनिएको छ। यद्यपि निगमले पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनबाट यो घाटा पूर्ति गर्दै आइरहेको छ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र उद्योगीबीच वार्ता भएको थियो।

फागुन २१, २०८१ बुधबार ०७:३६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।