बालाजुमा बजाजको एक्सचेन्ज मेला, पुरानो सवारी साट्ने सुविधा

बालाजुमा बजाजको एक्सचेन्ज मेला, पुरानो सवारी साट्ने सुविधा

काठमाडौँ : हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाज ग्राण्ड एक्सचेन्ज मेला सुरु गरेको छ। फागुन २० देखि २६ सम्म बालाजुस्थित मनकामना ट्रेड लिङ्कमा एक्सचेन्ज मेला सुरु भएको हो। ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरूले आफ्नो साधन अपग्रेड गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

बालाजु पेट्रोल पम्पको उत्तरपट्टी कैलाश सिनेमा हल अगाडी रहेको मनकामना ट्रेड लिङ्कमा एक्सचेन्ज मेला सञ्चालन भइरहेको छ।एक्सचेन्ज मेलामा नागरिकताको आधारमा सजिलै बजाज मोटरसाइकल खरिद गर्न सक्ने, कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक लैजान सकिने कम्पनीले जानकारी दिएको छ। मेलामा अतिरिक्त १० हजार भ्यालुएसन दिने कम्पनीले जानकारी दिएको छ।

अन–द–स्पट फाइनान्स सुविधा अन्तर्गत ९.९९% ब्याजदर र ३६ महिनासम्मको किस्ता अवधिका साथ बाइक किन्न सकिने र एक्सचेन्ज मेलामा सात हजारसम्मको नगद छुट पाउन सकिने कम्पनीले जानकारी दिएको छ।

फागुन २०, २०८१ मंगलबार २१:१८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।