सशस्त्र र नेपाल प्रहरीका तीन जना मिलेर लुटे क्रिप्टो कारोबारी, अनुसन्धानमा पोल खुलेपछि पक्राउ

काठमाडौं: क्रिप्टो कारोबारमा संलग्न व्यक्तिहरूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका तीन कर्मचारी मिलेर लुटेको घटना सार्वजनिक भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले क्रिप्टो कारोबारमा संलग्न व्यक्ति पक्राउ गरेर अनुसन्धान गर्नेक्रममा दुवै सुरक्षा संगठनका तीन जना मिलेर लुटेको खुलेको हो। घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दार राजेन्द्रबहादुर केसी, नेपाल प्रहरीका सहायक हवल्दार खगेन्द्र मल्ल ठकुरी र नेपाल प्रहरीका जवान हिरा मंग्राती संलग्न देखिएपछि तीनै जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार क्रिप्टोमा संलग्न रहेको आरोपमा पक्राउ परेका रोशन गुरुङले बयानमा प्रहरीले प्रहरी परिचयपत्र र हतकडी देखाएर १४ लाख रुपैयाँ लुटेको बयान दिएपछि अनुसन्धान सुरु भएको थियो।
अनुसन्धानमा गुरुङले १ अर्ब ३७ करोड ७ लाख १३ हजार १६२ रुपैयाँको क्रिप्टो कारोबार गरेको खुलेको थियो। उनीहरूसँगै प्रहरी पनि जोडिएपछि अनुसन्धान हुँदै जाँदा कारोबारीसँगै तीन प्रहरी पनि पक्राउ परे।
प्रहरीले कपिल बस्नेत, संजोक तामाङ र मनिस कुमार रायलाई क्रिप्टो कारोबारको आरोपमा पक्राउ गरेर अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद लिएको छ।
फागुन २०, २०८१ मंगलबार २१:०४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।