देशभरका सबै यामाहा सर्भिस सेन्टरमा ‘यामाहा मेगा सर्भिस क्याम्प’ घोषणा
काठमाडौं : यामाहा नेपालले फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सर्भिस सेन्टरहरूमा ‘यामाहा मेगा सर्भिस क्याम्प’ गरिरहेको छ।
कम्पनीले दक्ष, विशेषज्ञ सेवा र यामाहा ग्राहकहरूका लागि आकर्षक अफरहरू सुनिश्चित गर्न यो विशेष सर्भिस क्याम्प ल्याएको हो।
यामाहा मेगा सर्भिस क्याम्पको अवधिमा ग्राहकहरूले इन्जिन कार्यसम्पादनको लागि यामा ल्यूबमा १५ प्रतिशत छुट, टिकाउपन र विश्वसनीयता सुनिश्चित गर्न जेनुइन स्पेयर पार्ट्समा १० प्रतिशत छुट दिइरहेको छ।
यसका अलावा कम्पनीले लेबर चार्जमा ५० प्रतिशत छुट, सुरक्षा र दक्षता बढाउन १५ पोइन्ट चेक-अप, नि:शुल्क बाइक वाश, नि:शुल्क एएमसी कार्ड र सर्भिस क्याम्पमा आउने ग्राहकहरूका लागि गिफ्ट ह्याम्परहरू पनि दिइरहेको कम्पनीले जनाएको छ।
नेपालभरि २०० भन्दा बढी अधिकृत सेवा केन्द्रहरू भएको यामाहाले दक्ष प्राविधिकहरू मार्फत् विशेषज्ञ सेवा प्राप्त गर्ने कुरा सुनिश्चित गर्दछ।
योसँगै अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधिको साथमा आफ्नो बाइकको उच्चस्तरीय प्रदर्शनका लागि ग्राहकहरूले यामाहा एफआई स्टेशनहरूबाट जेनुइन एफआई हेल्थ रिपोर्ट प्राप्त गर्न सक्नेछन्।
फागुन २०, २०८१ मंगलबार १३:१४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।