टेक्नो बायोमेडलाई ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो’मा सर्वश्रेष्ठ स्टल अवार्ड

काठमाडौं : टेक्नो बायोमेडले ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२५’मा सर्वश्रेष्ठ स्टल अवार्ड जितेको छ।
कम्पनीले लगातार तेस्रो वर्ष सर्वश्रेष्ठ स्टल अवार्ड जित्न सफल भएको हो। जितपछि कम्पनीले सम्मानित महसुस गरेको भन्दै यसले नवीता र उत्कृष्टताको साँचो प्रमाण भएको बताएको छ।
एक्स्पोमा कम्पनीले स्वास्थ्य सेवा मापदण्डलाई पुनः परिभाषित गर्दै समस्या समाधान उपायहरुबारे प्रदर्शन गर्यो।
यसका अलावा कम्पनीले उद्योगी, विशेषज्ञ र स्वास्थ्यकर्मीहरूबीचको संवाद, भविष्यका लागि नयाँ साझेदारी र सहकार्यहरु गर्नुका साथै नवप्रवर्तनलाई जोड दिने प्रतिक्रया प्राप्त गरेको उल्लेख गरेको छ।
कम्पनीले आफ्ना साझेदार र टिमविना अवार्ड प्राप्त गर्न असमर्थ रहने भन्दै सबैलाई धन्यवाद र आभार व्यक्त गरेको छ।
एक्स्पोको समानपनसँगै कम्पनीले समस्या समाधानका लागि नयाँ सहकार्य, नवीनता र अवसरहरुका लागि तत्पर रहेको समेत उल्लेख गरेको छ।
फागुन २०, २०८१ मंगलबार १२:१७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।