राति खाना खाएर सुतेका भेटघाट रेष्टुरेन्टका कामदार विहान मृत भेटिए

राति खाना खाएर सुतेका भेटघाट रेष्टुरेन्टका कामदार विहान मृत भेटिए

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका-२ शहीदचोकस्थित भेटघाट रेष्टुरेन्टमा काम गर्ने कामदार सुतेकै अवस्थामा मृत भेटिएका छन्।

मृत्यु हुनेमा गोरखा अरुघाट गाउँपालिका-५ बयाक घर भई रेष्टुरेन्टमा कार्यरत ३३ वर्षीय दिपक थापा मगर रहेका छन्।

राती खाना खाई सुतेको र बिहान साथीहरूले उठाउन खोज्दा नउठेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थल वडा प्रहरी कार्यालय, नारायणगढबाट अन्दाजी सात सय मिटर पूर्वमा रहेको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ भने घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

फागुन २०, २०८१ मंगलबार ०९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।