रियलमी नोट ६० र नोट ६० एक्स नेपालमा सार्वजनिक, कति पर्छ मूल्य?

काठमाडौं : रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा सार्वजनिक गरेको छ। यी स्मार्टफोनहरूमा लामो समयसम्म टिक्ने ब्याट्री रहेको कम्पनीले जनाएको छ।
फोनलाई नेपाली बजारमा किफायती मूल्यमा बिक्री वितरण गर्ने गरी मूल्य तय भएको कम्पनीका ब्रान्ड म्यानेजर काजोल झाले जानकारी दिए।
उनले भने, ‘यी स्मार्टफोनहरूले मजबुती, प्रदर्शन र नवीनताको संयोजन प्रदान गर्दै प्रयोगकर्ताहरूलाई सहज अनुभव सुनिश्चित गर्नेमा हामी विश्वस्त छौँ।’
रियलमी नोट ६० मा ५००० एमएएचको शक्तिशाली ब्याट्री छ जसले ३० घण्टाभन्दा बढी भ्वाइस कलिंग सुनिश्चित गर्छ भने १००० चार्ज साइकलपछि पनि ८० प्रतिशत ब्याट्री हेल्थ कायम रहने कम्पनीको दाबी छ।
४+८ जीबीको डायनामिक र्याम सपोर्ट गर्ने रियलमी नोट ६० ले छिटो र प्रतिक्रियात्मक मल्टिटास्किङ अनुभव प्रदान गर्छ। १२८ जीबी रोम र २ टीबी माइक्रो एसडी कार्ड सपोर्टसहित प्रयोगकर्ताहरूले आफ्ना कन्टेन्टहरु निश्चिन्त भएर स्टोर गर्न सक्नेछन्।
३२ मेगापिक्सेलको सुपर क्लियर क्यामेरा र नाइट मोड सहितको यो स्मार्टफोनले कम लाइटिङमा पनि उत्कृष्ट फोटो खिच्न सक्छ। ६.७४ इन्चको ९० हर्ज आई कम्फर्ट डिस्प्लेले सहज भिजुअल अनुभव प्रदान गर्छ जसमा ५६० निट्स पीक ब्राइटनेस र आई कम्फर्ट मोड जस्ता सुविधाहरू उपलब्ध रहेका छन्।
रियलमी नोट ६० को ६+१२८ जीबी भेरियन्ट रु.१६,४९९ मा उपलब्ध छ भने रियलमी नोट ६० एक्स को ४+६४ जीबी भेरियन्ट रु.१३,४९९ मा उपलब्ध छ।
फागुन २०, २०८१ मंगलबार ०९:२४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।