'रियलमी सी ६३' को नयाँ भेरियन्ट सार्वजनिक, एक मिनेट चार्जमा एक घण्टा कल गर्न सकिने दाबी

काठमाडौं : रियलमीले रियलमी सी ६३ को ८+१२८ जीबी भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ।
रियलमी सि ६३ मा ६.७४ को एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा समावेश रहेका छन्।
फास्टेस्ट एभर ४५ वाट सुपरभोक चार्जिङ, सबैभन्दा स्लिम मोबाइल बडी र भिगन फिनिसका साथ आएको यस रियलमी सि ६३को ८+१२८ जीबी भेरियन्टले बजारमा नयाँ बेन्चमार्क सेट गर्ने विश्वास कम्पनीले लिएको छ।
४५ वाटको सुपरभोक चार्जर रहेको रियलमी सि ६३ छिट्टै चार्ज गर्न सकिन्छ। साथमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस स्मार्टफोनलाई १ चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिन्छ।
३८ दिनको स्ट्याण्ड बाइ टाइम भएको रियलमी सि ६३ लाई १ मिनेट चार्ज गर्दा एक घण्टासम्म कुरा गर्न सकिने दाबी कम्पनीको छ।
३८ प्रकारका चार्ज प्रोटेक्शन र स्मार्ट चार्ज टेक्नोलोजीको साथ रियलमी सि ६३ ले केवल छिटो चार्जिङ मात्र होइन, उच्च सुरक्षा पनि सुनिश्चित गर्दछ। विश्वका उत्कृष्ट चार्जिङ स्ट्यान्डर्ड पूरा गरेको यस स्मार्टफोनले गेमिङ, स्ट्रिमिङ वा कामका लागि दिनभरी भरपर्दो पावर उपलब्ध गराउँछ।
७.७४ मिलिमिटर चौडाइ भएको रियलमी सि ६३ जेड ग्रीन (हरियो) र लेदर ब्लू (निलो) रंगमा डिजाइन गरिएको छ। केवल १९१ ग्राम तौल भएको यो फोन चलाउन पनि सजिलो रहेको कम्पनीले बताएको छ।
रियलमी सि ६३को ८+१२८ जिबी स्टोरेज भेरियन्ट २० हजार ९९९ रूपैयाँमा उपलब्ध रहेको छ।
फागुन २०, २०८१ मंगलबार ०९:१८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।