कुमारी बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता

कुमारी बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता

काठमाडौं : कुमारी बैंक लिमिटेड र काठमाडौंको बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबीच छुट सम्झौता भएको छ।

यो सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिँदै आएका सेवामा कुमारी बैंकका ग्राहकलाई प्यथोलोजी टेस्टमा १० प्रतिशत, एमआरआई, एक्स रे, अल्ट्रासोनोग्राफी, युएसजी, इको कार्डियोग्राफी, लगायतका सेवामा पाँच प्र्रतिशत तथा फार्मेसीमा पाँच देखि १० प्रतिशतसम्म छुट हुनेछ।

कुमारी बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ इकाईमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने बैंकको प्रतिबद्धता छ।

फागुन २०, २०८१ मंगलबार ०९:००:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।