बीवाईडी हाई-टेक विक सम्पन्न, १० लाख १० हजार ग्लोबल माइलस्टोन डेलिभरी

काठमाडौं : साइमेक्स इंक प्रालिले बीवाईडी हाई-टेक विक सम्पन्न गरेको छ। चीन बाहिर पहिलो पटक सम्पन्न कार्यक्रम न्यु इनर्जी भेइकल (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक शोकेस गरिएको थियो।
सबै उमेर समूहका अवलोकनकर्ताहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको सो इभेन्टमार्फत दिगो मोबिलिटीको भविष्यलाई प्रत्यक्ष देख्ने अवसर पाएको कम्पनीको दाबी छ।
बीवाईडी हाई-टेक विकको एक महत्वपूर्ण क्षणको रुपमा नेपालका एक ग्राहकलाई ग्लोबल माइलस्टोनको रुपमा रहेको १० लाख १० हजारौं बीवाईडी एट्टो ३ डेलिभरी गर्नु रहेको थियो।
यो माइलस्टोनका साथै नेपालमा सफलतापूर्वक सम्पन्न भएको बीवाईडी हाई-टेक विकको स्मरणमा साइमेक्स इंकले सो इभेन्ट अवधिमा बुकिङ गरिएका सबै बीवाईडी ईभीमा १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी उपलब्ध गराएको छ। अफर आगामी मार्च ९ सम्म जारी रहने छ।
कार्यक्रम समापनमा साइमेक्स इंक प्रालिकी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठले अवलोकनकर्ताहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले उत्साहित भएको बताइन्।
१० लाख १० हजारौं बीवाईडी एट्टो ३ को माइलस्टोन डेलिभरी र स्पेसल वारेन्टी अफरको विस्तारले इलेक्ट्रिक मोबिलिटीलाई सबैका लागि अझै पहुँचयोग्य र दिगो बनाउने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको उनको दाबी थियो।
फागुन २०, २०८१ मंगलबार ०८:५६:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।