नागरिक लगानी कोषमा सहभागीलाई गंगालाल हृदय केन्द्रमा छुट

नागरिक लगानी कोषमा सहभागीलाई गंगालाल हृदय केन्द्रमा छुट

काठमाडौं : नागरिक लगानी कोषका सहभागीले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र्रमा छुट पाउने भएका छन्।

कोषका सहभागी, सेयरधनी र कर्मचारीले अस्पतालको पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लाटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट प्राप्त गर्ने भएका हुन्।

छुटसम्बन्धी सम्झौतापत्रमा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा.रवि मल्लले हस्ताक्षर गरे।

छुटका लागि कोषको परिचयपत्र वा सहभागी परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने कोषले जनाएको छ।

फागुन २०, २०८१ मंगलबार ०८:५०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।