दिपल, नामी र सेरेस ईभीको टेस्ट ड्राइभ सुरू

काठमाडौं : नेपालका लागि दिपल, नामी र सेरेस ईभी गाडीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आइतबारदेखि काठमाडौंको नक्सालमा ईभी टेस्ट ड्राइभ (ईभी कार्निभल) सुरू गरेको छ।
ईभी कार्निभलमा ग्राहकले हरेक ईभी मोडलमा नगद छुट, एक्सचेन्ज बोनस, निःशुल्क ७ किलोवाट चार्जर, एसेसरिज, सडक कर र सवारी बिमा पाउन सक्ने कम्पनीले जानकारी दिएको छ।
ग्राहकले कार्निभलमा आठ वटा रिकन्डिसन हाउसबाट पुरानो गाडीको रिकन्डिसन मूल्य पाउनेछन्। टेस्ट ड्राइभ र भ्यालुएसनमा उपहार समेत प्राप्त गर्नेछन्।
कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप प्रदर्शनीमा छ। ग्राहकले १० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
कार्निभल अवधिभरमा हरेक दिन बुकिङ गर्ने एक जोडी ग्राहकले नगरकोटस्थित एक भिल्लामा बस्ने र एक ग्राहकले आईफोन १६ प्रो म्याक्स पाउने कम्पनीले उल्लेख गरेको छ।
ईभी कार्निभल बुधबारसम्म चल्नेछ।
फागुन २०, २०८१ मंगलबार ०८:४७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।