प्रभु बैंक लिमिटेडको दार्चुला शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लिमिटेडको दार्चुला शाखा कार्यालय सञ्चालन

काठमाडौं : प्रभु बैंक लिमिटेडले आफ्नो ३१२ औं शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले उक्त शाखा कार्यालय सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं. ०४ स्थित खलंगामा दार्चुला शाखा खोली सञ्चालनमा ल्याएको छ।

बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ।

प्रभु बैंकको यो अभियानले देशैभर बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेको छ।

बैंकको दार्चुला शाखा कार्यालयको समुद्घाटनको क्रममा बैंकका सुदुर पश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुख लगायत स्थानीय बासिन्दा, सर्वसाधारणहरुको उपस्थिति रहेको थियो।

फागुन २०, २०८१ मंगलबार ०८:४५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।