पूर्व वडाध्यक्ष साह पक्राउ, आज अदालतमा पेश गरिने

पूर्व वडाध्यक्ष साह पक्राउ, आज अदालतमा पेश गरिने

जनकपुर : जनकपुरधाम उप-महानगरपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष शत्रुधन साह पक्राउ परेका छन्।

लेनदेन मुद्दामा उनलाई सोमबार जनकपुरधामबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जनकपुरधाम उप-महानगरपालिका वडा नम्बर ५ बस्ने धर्मेन्द्र साहसँगको लेनदेन मुद्दामा उनलाई जिल्ला अदालत धनुषाबाट दुई वर्ष कैदको फैसला सुनाइएको थियो।

पूर्व वडाध्यक्ष साह जग्गा खरिदबिक्रीमा उनीसँग पैसा लिए पनि जग्गा नदिएपछि उनी विरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। अदालतको आदेशमा उनलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई आज अदालतमा पेश गरिने छ।

फागुन २०, २०८१ मंगलबार ०८:१४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।