अमेरिकाले आजदेखि क्यानडा, मेक्सिको र चीनमा थप कर लगाउँदै, शेयर बजारमा पहिरो

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आउने उत्पादनहरूमा कर लगाउने घोषणा मंगलबारदेखि लागू हुने बताएका छन्।
अबदेखि मेक्सिको र क्यानडाबाट आयात गरिएका सामानहरूमा अमेरिकामा २५ प्रतिशत भन्सार (आयात शुल्क) लाग्नेछ। जबकि चीनबाट आयात हुने सामानमा थप १० प्रतिशत भन्सार लगाइनेछ।
यी देशहरूसँग सम्झौताको बाटोमा पुग्ने समय सकिएकाले भन्सार दर लागू गरिएको ट्रम्पले बताए।
‘मेक्सिको वा क्यानडाको लागि अब कुनै ठाउँ बाँकी छैन,’ ट्रम्पले सोमबार ह्वाइट हाउसमा भने, ‘शुल्क निर्धारणको लागि सबै तयारी पूरा भएको छ। यी भोलिदेखि लागू हुनेछन्।’
कर लगाउने समाचारपछि अमेरिकी शेयर बजारमा तीव्र गिरावट आएको छ।
क्यानडा, मेक्सिको र चीन अमेरिकाका तीन ठूला व्यापार साझेदार हुन्। योसँगै अमेरिकामा महंगी बढ्नेछ भने उपभोक्ता झन् मारमा पर्नेछन्।
अमेरिकाले चीनबाट आयात हुने सामानमा १० प्रतिशत भन्सार बढाएपछि चीनले यसको विरोध गर्दै तत्काल भन्सार दर फिर्ता लिन माग गरेको छ।
फागुन २०, २०८१ मंगलबार ०७:५६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।