युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने अमेरिकी घोषणा, बाटोमा भएका सामान पनि फिर्ता गर्ने

एजेन्सी : ह्वाइट हाउसले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ।
यो घटनाक्रमको समाचार पहिलो पटक अमेरिकी मिडिया आउटलेट ब्लूमबर्ग दिएको हो।
‘युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोक्दैछ’, ब्लूमबर्गले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।
यस रिपोर्टको बारेमा अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म कुनै टिप्पणी गरेका छैनन्।
ब्लूमबर्गले युक्रेन नपुगेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताएको छ। यसमा पोल्याण्ड पुगेका सामानहरू पनि समावेश छन्।
गत शुक्रबार ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच भएको चर्को बहसपछि घटनाक्रम द्रुत गतिमा परिवर्तन भएको समाचारमा उल्लेख छ।
फागुन २०, २०८१ मंगलबार ०७:३२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।