थापाथलीमा मेलम्चीको पाइप फुट्यो, जलमग्न सडक

थापाथलीमा मेलम्चीको पाइप फुट्यो, जलमग्न सडक

काठमाडौं : थापाथलीमा मेलम्ची खानेपानीको आपूर्ति सञ्जालको पाइप फुटेको छ।

थापाथली चोक नजिकै मंगलबार बिहान मेलम्चीको पाइप फुटेपछि सडक जलमग्न भएको हो।

तर, अहिले भने आपूर्ति रोकेर पानी बग्न बन्द गरिएको छ। विहानै सडकभरी पानी भरिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले मेलम्ची खानेपानीको आपूर्ति सञ्जालसँग तुरुन्त समन्वय गरेर आपूर्ति बन्द गर्न लगाएपछि अहिले त्यहाँको अवस्था सामान्य छ।

यसअघि फागुन पहिलो साता मेलम्ची खानेपानीको पाइप फुट्दा काठमाडौंको बबरमहल क्षेत्र जलमग्न भएको थियो।

फागुन २०, २०८१ मंगलबार ०७:०८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।