पूर्व राष्ट्रपति भण्डारीद्वारा ओलीको पुस्तक लोकार्पण
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएको सपना र गरेको पहललाई समेटेर पुस्तक तयार गरिएको हो।
पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ।
सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो। कार्यक्रममा प्रधानमन्त्री ओली, एमालेका महासचिव शङ्कर पोखरेललगायत सहभागी छन्।
फागुन १९, २०८१ सोमबार १४:१४:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।