जेलेन्स्कीसँगको वार्ताअघि नै रुसविरुद्धको ‘साइबर अपरेशन’ रोक्न ट्रम्पले आदेश दिएको खुलासा

जेलेन्स्कीसँगको वार्ताअघि नै रुसविरुद्धको ‘साइबर अपरेशन’ रोक्न ट्रम्पले आदेश दिएको खुलासा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रुसविरुद्धको साइबर अपरेशनमा रोक लगाएको छ।

रक्षामन्त्री पिट हेगसेथले यसका लागि अमेरिकी साइबर कमाण्डलाई आदेश दिएका छन्। पेन्टागनसँग सम्बन्धित एक गुप्तचर अधिकारीका अनुसार यी आदेशहरू ट्रम्प र जेलेन्स्कीबीचको भेटघाट अघि नै दिइएको थियो।

यसको उद्देश्य युक्रेन युद्ध अन्त्य गर्न वार्तामा रुसलाई संलग्न गराउनु भएको बताइएको छ। रिपोर्टका अनुसार ट्रम्प प्रशासनले रुसविरुद्ध चालिने सबै कारबाहीहरूको समीक्षा  गरिरहेको छ। यद्यपि, यसबारे सार्वजनिक रूपमा कुनै जानकारी दिइएको छैन।

आइतबार विदेशमन्त्री मार्को रुबियोले रूसलाई वार्ताको टेबलमा ल्याउनु महत्त्वपूर्ण भएकाले यसो गरिको तर्क गरे। पुटिनप्रति विपक्षी दृष्टिकोण अपनाइए उनलाई वार्ताको टेबलमा ल्याउन कठिन हुने उनको भनाइ छ।

दुई देशहरू बीचको कुनै पनि कूटनीतिक र संवेदनशील वार्ताअघि यस्ता मिसनहरूमा रोक लगाउनु सामान्य भएको दुई पूर्व अमेरिकी अधिकारीले बताएका छन्। यद्यपि उनीहरूले रुसविरुद्धको यस्तो कारबाहीबाट पछि हट्नुलाई ‘ठूलो जुवा’को संज्ञा दिएका छन्।

अधिकारीहरूका अनुसार अमेरिकी गुप्तचर सञ्जालमा घुसपैठ गर्ने रुसको प्रयास जारी छ। ट्रम्प प्रशासनको पहिलो हप्तामा रुसले यस्तै कारबाही गरेको थियो। रूसका यी प्रयासहरू लामो समयदेखिको मिसनको एक अंश हो।

विगत केही वर्षदेखि अमेरिकी अस्पताल र पूर्वाधारमाथि र्यानसमवेयर (साइबर) आक्रमण बढ्दै गएको छ। यी मध्ये धेरैजसो साइबर आक्रमणहरू रूसबाट भएका छन्। गुप्तचर अधिकारीहरूका अनुसार यी आपराधिक आक्रमणहरूलाई रूसी एजेन्सीहरूको अनुमतिपछि भएको थियो।

फागुन १९, २०८१ सोमबार १४:००:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।