यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’ले जित्यो वर्ष २०२५ को ‌ओस्कर अवार्ड

यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’ले जित्यो वर्ष २०२५ को ‌ओस्कर अवार्ड

एजेन्सी : यस वर्षको ओस्कर अवार्ड यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’ले जितेको छ।

अमेरिकाको लस एन्जलसमा भएको समारोहमा वर्षकै उत्कृष्ट चलचित्र बनेको फिल्म ‘अनोरा’ले उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि हात पार्यो।

शन बेकरले निर्देशन गरेको फिल्ममा अभिनेत्री मिकी म्याडिसनको अभिनय थियो। यसका अलावा फिल्मले उत्कृष्ट सम्पादनको अवार्ड पनि पाएको छ।

उता उत्कृष्ट अभिनेताको अवार्ड भने ‘द ब्रुटालिस्ट’का अभिनेता एड्रियन ब्रोडीले पाएका छन्। सोही फिल्मका छायांकार लोल क्राउलीले उत्कृष्ट छायांकनको अवार्ड पनि हात पारेका छन्।

ओस्करमा जोई साल्दानाले उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड जितेकी छन्। यो जोई साल्डानाको पहिलो ओस्कर अवार्ड हो। ‘एमिलिया पेरेज’मा उत्कृष्ट अभिनय गरेबापत उनले यो पुरस्कार प्राप्त गरेकी हुन्।

यसैबीच ब्राजिलका राजनीतिज्ञ रुबेन्स पाइभाको बेपत्ता भएको वास्तविक घटनामा आधारित फिल्म ‘आई एम स्टिल हियर’ले सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर अवार्ड जितेकी छन्।

फागुन १९, २०८१ सोमबार १३:४५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।