मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गर्यो सात टेन्डर रद्द

काठमाडौंः मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले आह्वान गरेका सात वटा टेन्डर रद्द गरेको छ।
फागुन १५ को निर्णय अनुसार टेन्डर रद्द गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले आइतबार प्रकाशित गरेको सूचनामा उल्लेख छ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ‘एक्स-रे फिल्म’, ल्याबका लागि आवश्यक ‘रि-एजेन्ट’, ‘पिउने पानी’, ‘इएनटी अपरेटिङ माइक्रोस्कोप एन्ड इएनटी इन्डोस्कोप’, ‘नन् इन्भेजिव हेमाटोग्लोबिनोमिटर मेसिन’, ‘डीआर एन्ड युएसजी मेसिन’ र ‘स्टाइनिङ एन्ड डेस्मियरिङ डिजिटल मोर्फोलोजी, हाइब्रिड युरिन एनालाईजर, कगुलेशन एन्ड पक्ट एनालाईजर’ जस्ता टेन्डर रद्द गरेको हो। टेन्डर रद्द हुनुको कारण खुलाएको छैन।
फागुन १८, २०८१ आइतबार २३:४४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।