उत्तराखण्ड सरकारले भन्यो- ‘हिमनदी फुट्दा बेपत्ता भएका ५५ जना होइनन्, ५४ जना हुन्’

एजेन्सी : उत्तराखण्डको चमोलीमा हिमनदी फुटेपछि हिउँमा फसेका ५४ मध्ये ५० जनालाई उद्धार गरिएको छ। यो जानकारी चमोली जिल्ला मजिस्ट्रेट सन्दीप तिवारीले दिएका हुन्।
यो तथ्याङ्क आउनुअघि ५५ जना हिउँमा फसेको भनिएको थियो। तर एक जना कर्मचारी अनधिकृत बिदामा रहेको कुरा प्रकाशमा आएपछि यो संख्या ५४ मा झरेको हो।
चमोली जिल्ला मजिस्ट्रेट सन्दीप तिवारीले भने, ‘हिजो डाक्टरहरूले ४ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। पहिले कुल संख्या ५५ थियो, तर अब हामीले एक कर्मचारी अनधिकृत बिदामा रहेको र घरमै रहेको जानकारी पाएका छौँ।’
राज्य विपद् व्यवस्थापन सचिव विनोद कुमार सुमनले उद्धार कार्यमा संलग्न सबै कर्मचारीहरू लगनशीलताका साथ काम गरिरहेको बताए। उनका अनुसार बेपत्तामध्ये चार जना अझै बेपत्ता छन्।
फागुन १८, २०८१ आइतबार १४:०३:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।