सर्वोच्च अदालतमा आइतबार इजलास बहस नचल्ने

काठमाडौं : सर्वोच्च अदालतमा आज इजलास बहस नचल्ने भएको छ।
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनका कारण आज इजलास बहस नचल्ने आदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिए।
८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा गत शुक्रबार बिहान निधन भएको थियो।
फागुन १८, २०८१ आइतबार १२:४०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।