बीमाको पैसा तिर्न नसक्ने अभिव्यक्ति दिएका स्वास्थ्यमन्त्री पौडेलले भने- ‘अब बीमाको औषधि छैन भन्न पाइँदैन’

बीमाको पैसा तिर्न नसक्ने अभिव्यक्ति दिएका स्वास्थ्यमन्त्री पौडेलले भने- ‘अब बीमाको औषधि छैन भन्न पाइँदैन’

इलाम : स्वास्थ्य बीमाको पैसा तिर्न सकिँदैन भन्दै हिँडेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब भने अस्पतालमा स्वास्थ्य बीमाको औषधि छैन भन्न नपाइने बताएका छन्।

इलाम अस्पतालको आइतबार अनुगमन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन्।

‘अब पनि औषधि छैन भन्नु गैरकानूनी हो’, उनले तोकिएका औषधि अनिवार्य राख्न अस्पताललाई निर्देशन दिए।

सरकार तथा स्वास्थ्य बीमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ। तोकिएका औषधि अनिवार्य राख्न उनले निर्देशन दिए।

चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको उनले बताए। त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उनको दाबी छ।

बीमाका केही व्यवस्थापनमा समस्या भए पनि यसलाई सुधार गर्न लागेको उनले बताए। जिल्ला अस्पतालको स्तरोन्नति गर्न स्वास्थ्य मन्त्रालयका काम अगाडि बढाउनेसमेत उनको भनाइ छ।

फागुन १८, २०८१ आइतबार १०:३७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।