डोनाल्ड ट्रम्पसँगको चर्को बहसपछि बेलायत पुगे जेलेन्स्की, प्रधानमन्त्री स्टार्मरले के भने?

डोनाल्ड ट्रम्पसँगको चर्को बहसपछि बेलायत पुगे जेलेन्स्की, प्रधानमन्त्री स्टार्मरले के भने?

एजेन्सी : रुस-युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको चर्को बहसपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलायतको समर्थन पाएका छन्।

बेलायती प्रधानमन्त्री केयर स्टारमरले इङ्गल्याण्डको १० डाउनिङ स्ट्रिटमा भएको बैठकमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ‘बेलायतको पूर्ण समर्थन’ रहेको बताए।

बेलायत आइपुगेपछि, जेलेन्स्कीले केयर स्टारमरलाई भने कि उनी आफ्नो देशले ‘यस्ता साथीहरू’ पाएकोमा खुसी छन्। जेलेन्स्कीले यस युद्धमा आफ्नो साथ दिएकोमा बेलायतलाई पनि धन्यवाद दिए।

यसअघि, जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटेका थिए र दुई नेताहरूबीचको कुराकानी चर्को बहसमा परिणत भएको थियो।

जेलेन्स्की र केयर स्टारमरले युक्रेनी सैन्य आपूर्तिको लागि २.२६ अर्ब पाउण्ड ऋणमा पनि हस्ताक्षर गरे, जुन हाल फ्रिज गरिएका रूसी सम्पत्तिहरूबाट प्राप्त नाफा प्रयोग गरेर फिर्ता गरिनेछ।

केयर स्टारमरले आइतबार युरोपेली नेताहरूको शिखर सम्मेलनको आयोजना गर्नेछन् जहाँ रूस-युक्रेन युद्ध अन्त्य गर्ने प्रयासहरू साथै व्यापक युरोपेली सुरक्षाको बारेमा छलफल गरिनेछ।

जेलेन्स्कीले बेलायतका राजा चार्ल्स तृतीयलाई पनि भेट्नेछन्।

फागुन १८, २०८१ आइतबार ०७:५०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।