श्रीमती हराएको भन्ने श्रीमान नै गायब, प्रहरीले पुजा कोठामा गाडेको शव फेला पार्यो

श्रीमती हराएको भन्ने श्रीमान नै गायब, प्रहरीले पुजा कोठामा गाडेको शव फेला पार्यो

धनुषा : धनुषाको लक्ष्मीनिया गाउँपालिका बनिनियाकी २० वर्षीया अञ्जली यादवको शव घरभित्र गाडेको अवस्थामा फेला परेको छ। हराएको भनिएकी उनको शव घरको पूजा कोठामा खनेर गाडेको अवस्थामा शनिबार फेला परेको हो।

एक साता अगाडि उनको श्रीमान् हरिरामले छिमेकहरुसँग श्रीमती हराएको दाबी गरेका थिए। श्रीमती हराएको भनेको केही दिनमै उनी १० महिनाको छोरीसहित गायब भए। छिमेकीले श्रीमती खोज्न गएका होलान् भनेर कतै केही भनेनन्।

तर लामो समयसम्म उनी नफर्किएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए। शनिबार प्रहरी गएर घरको तलासीलिँदा गन्ध आएको र घरभित्र खोस्रिएको ठाउँ देखपछि खन्दा गलेको अवस्थामा महिलाको शव फेला परेको थियो।

धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले शव उत्खनन गरेर प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको र अनुसन्धान जारी रहेको बताए।

फागुन १७, २०८१ शनिबार १९:५१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।