पत्रकारको प्रश्नमा भड्किए ट्रम्प, सोधे- ‘तपाईंको टाउकोमा बम खस्यो भने के हुन्छ?’

पत्रकारको प्रश्नमा भड्किए ट्रम्प, सोधे- ‘तपाईंको टाउकोमा बम खस्यो भने के हुन्छ?’

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्रकारको प्रश्नमा भड्किएका छन्।

शुक्रबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको भनाभनपछि ह्वाइट हाउसबाट बाहिरिने क्रममा पत्रकारले सोधेको प्रश्नमा उनी भड्किएका हुन्।

ह्वाइट हाउसबाहिर एक पत्रकारले उनलाई ‘यदि रूसले युद्धविराम तोड्यो र शान्ति सम्झौताबाट बाहिरियो भने के हुन्छ? यसमा तपाईं के कारबाही गर्नुहुन्छ?’ भन्ने प्रश्न सोधेका थिए।

जसको जवाफमा उनले रिसाएर जवाफ दिएका हुन्। प्रश्न सुनेपछि ट्रम्पले तपाईंको टाउकोमा बम पड्कियो भने के हुन्छ भन्दै प्रतिप्रश्न गरेका थिए।

जवाफमा उनले भनेका थिए, ‘यदि तपाईंको टाउकोमा बम पड्कियो भने के हुन्छ?’

यति भनेपछि उनी रोकिनन्। उनले यसलाई थप प्रष्ट्याउँदै भने, ‘शान्ति सम्झौता भङ्ग भएमा के हुन्छ भन्ने कुरा मलाई पनि थाहा छैन।’

रुसी राष्ट्रपति पुटिनले यसअघिका राष्ट्रपतिद्वय जो बाइडेन र बाराक ओबामालाई सम्मान नगर्ने भएकाले सम्झौता तोडेको भन्दै आफूलाई भने सम्मान गर्ने भएकाले सम्झौता नताोड्ने दाबी गरे।

‘पुटिनले बाइडेनसँगको सम्झौता तोडेका हुन्। किनभने पुटिनले बाइडेनलाई सम्मान गर्दैनन्, ओबामालाई सम्मान गर्दैनन्, तर मलाई सम्मान गर्छन्।’

फागुन १७, २०८१ शनिबार १४:५०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।