शुक्रबार बेलुकी हराएकी ३० वर्षीया यमकुमारीको शव घर नजिकै भेटियो

किमाथाङ्का : सङ्खुवासभाको खाँदबारी नगरपालिका-८ पिप्लेमा एक महिलाको शव फेला परेको छ।
खाँदबारी-८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो।
आज बिहान ५ बजे ३० वर्षीया पोख्रेलले शव घरभन्दा पाँच सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।
उनी शुक्रबार बेलुकी ८ बजेदेखि हराएकी थिइन्। प्रहरीका अनुसार पोख्रेलका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन्।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ।
फागुन १७, २०८१ शनिबार १४:१९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।