वडाध्यक्ष मुखियाको निधन

चन्द्रपुर : रौतहटको माधवनारायण नगरपालिका-४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ।
फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उहाँको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए।
उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।
फागुन १७, २०८१ शनिबार १४:१४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।