भागवत सुन्न पोखरा पुगे राष्ट्रपति पौडेल

गण्डकी : राष्ट्रपति रामचन्द्र पौडेल पोखरा आइपुगेका छन्।
पोखरा महानगपालिका-१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुन सराङकोट आइपुगेका हुन्।
नेपाली सेनाको हेलिकप्टरमा आएका उनले सराङकोटमा स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन गर्ने कार्यक्रम छ।
सराङकोटमा यही फागुन १४ गतेदेखि श्रीमद्भागवत ज्ञानमहायज्ञ भइरहेको छ।
फागुन १७, २०८१ शनिबार १२:१३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।