भूमि अध्यादेश फिर्ता नलिई 'जनआन्दोलन' गर्ने उपेन्द्रको चेतावनी

काठमाडौँ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि अध्यादेश फिर्ता नलिए 'जनआन्दोलन' गर्ने दाबी गरेका छन्। सरकार अहिले राष्ट्रिय सभामा रहेका अन्य दलका सांसदहरू चोरेर अध्यादेश पारित गराउने प्रयासमा लागेको उनको आरोप थियो।
शुक्रवार काठमाडौँमा आयोजित एक छलफलमा उनले सरकारले भूमि अध्यादेश फिर्ता लिनुपर्ने बताए। सांसद खरिद बिक्री गरेर पास गराउने काम भए जनताकोमा गएर जनआन्दोलन गर्ने दाबी गरे।
सरकारले भूमिसहित ६ वटा अध्यादेश जारी गरे पनि राष्ट्रिय सभामा बहुमत नपुग्दा पेस हुन सकेको छैन। जसपाले अन्य पाँच अध्यादेशमा साथ दिने बताए पनि भूमि अध्यादेशको विपक्षमा उभिएको छ। जसपाको साथ नपाई राष्ट्रिय सभामा भूमि अध्यादेश पारित हुने सम्भावना छैन।
फागुन १६, २०८१ शुक्रबार १८:०६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।