भूकम्पपछि कारागारको दुई तलाबाट हामफाल्दा सिन्धुपाल्चोकमा एक कैदीको हाँत भाचियो

काठमाडौं : गएराति गएको भूकम्पका कारण सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन्।
जिल्ला कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक जना कैदीको हात भाँचिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।
त्यसबाहेक दुगुनागढीमा सामान्य पहिरो गएको र प्रहरी चौकीको भवन पनि सामान्य चर्केको उनको भनाइ छ।
उनले भने, ‘दुगुनागडीमा चाँही सामान्य पहिरो गएको छ। प्रहरी चौकीको भवन पनि सामान्य चर्केको छ भने कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दीको हात भाँचिएको कारण उपचार भइरहेको छ।’
शुक्रबार बिहान राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको भैरव कुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो।
फागुन १६, २०८१ शुक्रबार ११:३९:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।