युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा पाउँदा पाँच सय रूपैयाँसम्म बोनस

युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा पाउँदा पाँच सय रूपैयाँसम्म बोनस

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले  युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ।

‘बोटिम’ एप मार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले युएईमा रहेका नेपाली दाजुभाई तथा  दिदीबहिनीमा थप उत्साह थप्न मद्त गर्ने विश्वास कम्पनिले राखेको छ।

यहि फाल्गुन १५ देखि चैत्र १५ सम्म लागू हुने अफर अन्तर्गत नेपाली १० हजार रुपैयाँ वा त्यो भन्दा बढी प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन्।

आइएमई पेमा विदेशको कुनैपनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ।

फागुन १६, २०८१ शुक्रबार ११:२२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।