इन्डोनेसिया : सम्बन्ध बनाउँदै गर्दा कोठाबाटै पक्राउ परेका समलिङ्गी जोडीलाई सार्वजनिक रूपमा कोर्रा लगाइयो

इन्डोनेसिया : सम्बन्ध बनाउँदै गर्दा कोठाबाटै पक्राउ परेका समलिङ्गी जोडीलाई सार्वजनिक रूपमा कोर्रा लगाइयो

एजेन्सी : इन्डोनेसियाको आचे राज्यमा समलैंगिक सम्बन्ध बनाएको आरोपमा दोषी ठहर भएका दुई सार्वजनिक रूपमा कोर्रा लगाइएको छ।

इस्लामिक कानून अन्तर्गत सञ्चालित अदालतले उनीहरूलाई समलैंगिक यौन सम्बन्धको आरोपमा दोषी ठहर गरेको थियो।

दुवै अभियुक्त स्थानीय विश्वविद्यालयका विद्यार्थी हुन्। गत वर्ष नोभेम्बरमा भाडाको कोठामा यौनसम्पर्क गरिरहेको अवस्थामा उनीहरूलाई मानिसले समातेर प्रहरीको जिम्मा लगाएका थिए।

एएफपी न्यूजका अनुसार, दुवै अभियुक्तहरूलाई आचे राज्यको राजधानी बान्डा आचेको पार्कमा सार्वजनिक रूपमा कोर्रा लगाइएको हो। सम्बन्ध सुरू गर्ने व्यक्तिलाई ८२ कोर्रा र अर्कोलाई ७७ कोर्रा लगाइएको समाचारमा उल्लेख छ।

यी व्यक्तिहरू ३ महिनासम्म हिरासतमा थिए, त्यसैले उनीहरूको सजाय तीन कोर्राले घटाइएको थियो। इन्डोनेसियाका अन्य राज्यहरू भन्दा फरक, आचेमा समलिङ्गी सम्बन्ध गैरकानूनी छ। जहाँ इस्लामिक कानून शरिया लागू हुन्छ।

मानव अधिकारकर्मीहरूले सजायको विरोध गर्दै यसलाई समलिङ्गी समुदाय विरुद्धको भेदभाव भनेका छन्। एम्नेस्टी इन्टरनेशनलले उक्त सजायलाई घृणा अपराध भनेको छ।

अनलाइन जुवा खेलेको आरोपमा बिहीबार एउटै पार्कमा दुई जना पुरुषलाई क्रमशः ३४ पटक र ८ पटक कोर्रा लगाइएको थियो।

सन् २०१४ देखि आचेहमा समलिङ्गी सम्बन्ध प्रतिबन्ध
इन्डोनेसिया विश्वको सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो। इन्डोनेसियाका धेरैजसो भागहरूमा समलैंगिकता गैरकानूनी छैन, तर यसलाई सामान्यतया वर्जित मानिन्छ।

२०२० मा गरिएको प्यू रिसर्च सर्वेक्षणले ८० प्रतिशत इन्डोनेसियालीहरूले समलैंगिकतालाई समाजले स्वीकार गर्नु हुँदैन भन्ने विश्वास गरेको पत्ता लगाएको थियो।

आचेह इन्डोनेसियाको एक मात्र मुस्लिम राज्य हो जहाँ इस्लामिक कानून लागू हुन्छ। सन् २०१४ मा यहाँ समलिङ्गी सम्बन्ध प्रतिबन्धित गरिएको थियो।

सुमात्रा टापुको उत्तरी छेउमा अवस्थित यस राज्यमा चोरी, जुवा र व्यभिचार जस्ता अपराधहरूको लागि पनि कोर्रा लगाउने सजाय छ।

फागुन १६, २०८१ शुक्रबार ०८:४२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।