आठ देशका उत्पादक र आपूर्तिकर्तासहितको सहभागितामा सुरु भयो ‘नेपाल मेडिकल एन्ड ल्याब एक्सपो’

आठ देशका उत्पादक र आपूर्तिकर्तासहितको सहभागितामा सुरु भयो ‘नेपाल मेडिकल एन्ड ल्याब एक्सपो’

काठमाडौँ : आठ बढी देशका उत्पादक तथा आपूर्तिकर्ताको सहभागीसहित बिहीबारबाट काठमाडौँको भृकुटीमण्डपमा आठौँ ‘नेपाल मेडिकल एन्ड ल्याब एक्स्पो’ सुरु भयो।

शनिवारसम्म चल्ने एक्स्पो ‘एसडी प्रोमो मिडिया’को आयोजना र केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केम्सन), इन्जिनियरिङ एक्सपोर्ट प्रमोसन काउन्सिल (इइपीसी इन्डिया) सह आयोजक छन्। 

केम्सनका अध्यक्ष भक्त हमालका अनुसार एक्स्पोमा नेपाल, भारत बङ्गलादेश, सिंगापुर मलेसिया, चीन, जर्मनी, पाकिस्तान, लगायतका देशका उत्पादक तथा आपूर्तिकर्ताको सहभागी छन्।

एक्स्पोले स्वास्थ्य क्षेत्रमा आवश्यक मेसिन, औजार तथा उपकरण, प्रविधि लगायतबारे एकै ठाउँमा अवलोकन गरी जानकारी लिन सकिने आयोजकले जनाएको छ। यो एक्स्पोको उद्घाटन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गरेका थिए।

फागुन १५, २०८१ बिहीबार २०:४०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।